मोरङको कानेपोखरीमा दूध बोकेको गाडी दुर्घटना, दुई जना घाइते

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी–रंगेली सडकखण्डको जङ्गल क्षेत्रमा दूधजन्य पदार्थ बोकेको गाडी दुर्घटनामा परेको छ।

कानेपोखरी–२ मा रहेको नवदुर्गा डेरी उद्योगबाट छुटेको प्रदेश १-०४-००१-४९२ नम्बरको गाडी आज दुर्घटनामा परेको हो। दुर्घटनामा गाडी चालक र सहचालक घाइते भएका छन्।

घाइतेहुनेहरूमा कानेपोखरी–३ का ३१ वर्षीय चालक नवराज गेलाल र बेलबारी–७, दौलतपुरका ३४ वर्षीय सहचालक कमल काफ्ले रहेका छन्। दुर्घटनामा गेलाल सामान्य घाइते भएका छन् भने काफ्ले गम्भीर घाइते भएका छन्।

दुवै घाइतेको हाल विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।