लागू औषध गाँजा र प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

विराटनगर, वैशाख ११ गते । लागू औषध गाँजा र प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरको अस्थायी प्रहरी पोष्ट कोठुबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले वैशाख १० गते उदयपुरको बेलका नगरपालिका-८ स्थितबाट प्र.०१-००१ ह १८८१ नम्बरको अटोबाट २७ किलोग्राम गाँजा सहित चालक बेलका नगरपालिका-८ का अशोक राईलाई पक्राउ गरेको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर महानगरपालिका-१५ स्थितबाट निट्राजेपाम ९० ट्याब्लेट सहित मोरङ सुन्दरहरैचा-२ का २० वर्षीय सुदिप उराउलाई पक्राउ गरको छ भने इलाका प्रहरी कार्यालय उर्लावारी मोरङले उर्लावारी-९ का बल बहादुर श्रेष्ठको घरबाट बिभिन्न प्रकारका लागू औषध क्याप्सुल १४० र ४८५ ट्याब्लेट बरामद गरी थप अनुसन्धान गरी रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖