झापा, सुनसरी र इलामबाट लागू औषध ब्राउन सुगर सहित १२ जना पक्राउ

विराटनगर, वैशाख ११ गते । झापा, सुनसरी र इलामबाट बैशाख १० गते लागू औषध ब्राउन सुगर सहित १२ जना पक्राउ परेका छन ।

चेकजाँचको क्रममा प्रहरीले भद्रपुर नगरपालिका-४ स्थितबाट १६ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित पाचँथर फिदिमका भिमराज खजुम, राजमान राई, लक्ष्मण लिम्बु र भद्रपुर-५ का सुमन मुखियालाई पक्राउ गरेको छ ।

यसै गरी झापा गाउँपालिका-४ बाट शिवसताक्षी नगरपालिका-११ का मदन मिश्रलाई ३ ग्राम ८९ मिलिग्राम ब्राउन सुगर सहित, सुनसरीको धरान-८ बाट सोहि स्थानका तुफान बिश्वकर्मालाई ३ ग्राम ९३० सहित, कोशी गाउँपालिका-१ बाट बराक्षेत्र नगरपालिका-३ का जिवन कार्की, अनिल राजधामी, ईटहरी-७ का राजेश चौधरी र नविन चौधरीलाई २ ग्राम १९ मिलिग्राम ब्राउन सुगर सहित र इलामको इलाम नगरपालिका-९ बाट सोही स्थानका सुधिर अधिकारी र पार्वता चौहान अधिकारीलाई १ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖