इलाममा ट्रक दुर्घटना
इलाम । इलामको माईजोगमाई गाउँपालिका–३ चम्लेटारस्थित मन्दिर नजिक आज ट्रक दुर्घटना भएको छ।
नामसालिङबाट झापा जाँदै गरेको ना ५ च २१९७ नम्बरको ट्रक सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक मात्रै सवार थिए। उनको टाउकोमा चोट लागेको छ तर उनी बोल्न सक्ने अवस्थामा रहेका छन्। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।
उक्त ट्रक झापाको रहेको र चालक सूर्योदय नगरपालिका–२, पशुपतिनगर निवासी रहेको प्रहरीले जनाएको छ।


