कोशीका विभिन्न जिल्लाबाट लागू औषध सहित १४ जना पक्राउ

विराटनगर, वैशाख १२ गते । झापा,मोरङ, सुनसरी र इलाम जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित १४ जनालाई पक्राउ गरिएको छ ।

वैशाख ११ गते झापाको भद्रपुर नगरपालिका-५ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-१० का राजु कुमार राजबंशी, अर्जुनधारा-८ का सलुन रसाईली र बिर्तामोड-३का पारस प्रसाईलाई ९ ग्राम २३० मिलिग्राम, बिर्तामोड-४का रोहित शर्मा र दिपक श्रेष्ठलाई ६ ग्राम १७० मिलिग्राम, मेचिनगर-१० का गुलाम रसुल मियाँलाई ५०० मिलिग्राम, भद्रपुर-५ का कन्चन राजबंशीलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी जलथलले हल्दिबारी गाउँपालिका-३का प्रतीक तामाङ र प्रीतम तामाङलाई २५० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी धरमपुरले शिवसताक्षी-१ का सुदिप बिशुङ्खेलाई २१४ पिस प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिका-१५ स्थितमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बेलबारी- ४ का मन कुमार राईलाई ५ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित, सुनसरीको इनरुवा नगरपालिका-४ स्थितमा अस्थायी प्रहरी चौकी बसपार्कले इनरूवा- ७ का श्रवण कुमार उरावलाई ५०० मिलिग्राम ब्राउन सुगर सहित र इलामको सुर्योदय नगरपालिका-११ स्थितबाट सोही स्थानका विवेक राई र उदित राईलाई ११० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

पक्राउ गरेको सबै जनाको थप अनुसन्धान भइ रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।