मोरङमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु

मोरङ । मोरङको कटहरी गाउँपालिका–६ जुडिटोलमा रहेकाे पोखरीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३० वर्षीय श्यामकुमार सरदार छन् ।

प्रहरीका अनुसार शुक्रबार राति करिब ९:३० बजे सरदार आफ्नै घर अगाडि रहेको प्रथमलाल सरदारको पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा उनी पोखरीमा डुबेका थिए । पोखरीमा डुबेको अवस्थामा आफन्तले फेला पारी उनलाई तत्काल उद्धार गरेर घर ल्याएका थिए ।

उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा सरदारको घरमै मृत्यु भइसकेको जानकारी राति १०:३० बजे प्रहरीलाई प्राप्त भएको थियो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी थलाहाबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) टिकाराम परियारको नेतृत्वकाे टोली घटनास्थल पुगेकाे थियाे ।

घटनाको थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।