विराटनगरका मसाज सेन्टरमा प्रहरीको छापा, ठूलो संख्यामा युवती र ग्राहक नियन्त्रणमा

विराटनगर । विराटनगरमा सञ्चालनमा रहेका स्पा (मसाज)सेन्टरहरूमा प्रहरीले छापा मारेको छ ।

शनिवार गरिएको अपरेसनमा विराटनगर महानगरपालिका–१३, १४ र १५ को विभिन्न स्थानमा सञ्चालित स्पाहरूमा छापा मारेको हो ।

दर्जन बढी स्पा सेन्टरहरूमा एकैपटक छापा मार्दा ठूलो संख्यामा युवती र ग्राहक नियन्त्रणमा परेका छन्।

प्रहरीका अनुसार स्पा मा प्रहरीले शंकास्पद अवस्थामा रहेका ४७ जनालाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार पक्राउ परेकाहरूको विवरण संकलन भइरहेको छ।

सोही क्रममा विराटनगर–१४ स्थित ‘किपु स्पा’ले कानुनी मापदण्ड पूरा नगरेको पाइएपछि सञ्चालकद्वय सुनसरीको बर्जु गाउँपालिका–१ की ३० वर्षीया निलमदेवी शर्मा र भारतको पटना जिल्ला दानापुर थाना घर भएका ४० वर्षीय राजकुमार चन्द्रवंशीलाई पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार केही स्पा सेन्टरहरू ‘सेवा’को आवरणमा अवैध यौन गतिविधि सञ्चालन गरिरहेको आशंकामा थिए।

भारतसँगको खुला सीमा, विशेषतः जोगबनी नाकाको सहज आवतजावतले यस्तो गतिविधिमा सीमापार सञ्जाल सक्रिय हुनसक्ने संकेत पनि देखिएको छ।

पक्राउ परेकामध्ये केही भारतीय नागरिक रहेको प्रारम्भिक जानकारीले यो शंकालाई थप बल पुर्‍याएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।-टाकुरा न्यूज

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।