एसईईको नतिजा वैशाख अन्तिम साताभित्र सार्वजनिक गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाख अन्तिम साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण, प्राप्ताङ्क प्रविष्टि तथा कम्प्युटर प्रणालीमा इन्ट्री गर्ने काम अन्तिम चरणमा पुगेको छ।
सबै प्रक्रिया समयमै सम्पन्न भए वैशाख २९ गतेभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखिएको छ।


