मोरङको बेलबारीमा दुर्घटना, सफारी चालकको मृत्यु

मोरंग । मोरङको बेलबारीमा शनिबार राति दुर्घटना हुँदा सीटी सफारी चालकको मृत्यु भएको छ ।

भित्री सडक खण्ड भएर उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–००२ ह २४८१ नम्बरको सफारी आफैं अनियन्त्रित भएर बेलबारी नगरपालिका–७ डाँगी टोलमा राति ८ः३५ बजेतिर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा सफारी चालक बेलबारी–७ का अन्दाजी ५० वर्षीय जयन्त बस्नेतको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका बस्नेतलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले राति नै मृत घोषित गरिदिएका हुन् । दुर्घटनामा सफारीमा सवार बेलबारी–७ का २० वर्षीय दिनेश भुजेल घाइते भएका छन् ।भुजेलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।