सयौं सुरक्षाकर्मीको घेराबन्दी बिच मनोहराको सुकुम्बासी बस्ती खाली गराइँदै
काठमाडौं, १३ बैशाख । मनोहरास्थित सुकुमवासी बस्ती खाली गराउने कार्य सुरू भएको छ ।
हिजो सुकम्वासी बस्ती खाली गराउन जाँदा स्थानियले अबरोध गरे पनि आज भने भारी सुरक्षाकर्मी उपस्थित गराएर सो बस्ती खाली गराउने कार्य सुरू गरिएको हो ।
आइतवार बिहानै डोजरसहितको टोली सयौं सुरक्षाकर्मी बिहानै मनोहरा पुगेका थिए । हिजोको अबरोध पछि आज थप तयारीका साथ सुकुमवासी बस्ती भत्काउन सुरु गरिएको हो ।
आज बिहान भने कुनै अबरोध भएको छैन् । त्यहाँका स्थानियले आफैँ समान बाहिर निकालिरहेका छन् ।


