मोरंगमा चट्याङ लागेर दुई जना घाइते

मोरंग । मोरंगका विभिन्न स्थानमा परेको चट्याङका कारण दुई जना घाइते भएका छन्।

आज बिहान करिब ७:५० बजे पथरीशनिश्चरे नगरपालिका–२ कालापानी निवासी ४६ वर्षीया जानुका रेग्मी आफ्नै भान्सा घर अगाडि उभिएको अवस्थामा वर्षासँगै परेको चट्याङ लाग्दा घाइते भएकी हुन्। उनको दाहिने खुट्टामा चोट लागेको छ। घाइते रेग्मीलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा भर्ना गरिएको छ।

अस्पतालका अनुसार उनको अवस्था सामान्य रहेको छ। घटनापछि इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटिएको छ।

त्यसैगरी, बिहान करिब ८:०० बजे धनपालथान गाउँपालिका–२ पैटा निवासी ३० वर्षीया भाल्सा देवी ऋषिदेव आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी छन्।

उनलाई तत्काल उपचारका लागि कोशी अस्पताल, विराटनगर लगिएको छ। अस्पतालका अनुसार उनको अवस्था गम्भीर रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖