मोरङमा चट्याङ लागेर दुई महिला घाइते, एकको अवस्था गम्भीर

मोरंग । मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिका र धनपालथान गाउँपालिकामा आइतबार बिहान चट्याङ लागेर दुई जना महिला घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब ७:४५ बजे पथरीशनिश्चरे नगरपालिका–२, कालापानी बस्ने ४६ वर्षीया जानुका रेग्मीलाई चट्याङ लागेको हो। आफ्नै भान्सा घर अगाडि उभिरहेको अवस्थामा चट्याङ लाग्दा उहाँको दाहिने खुट्टामा चोट लागेको थियो। घाइते रेग्मीलाई तत्काल मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो। अस्पतालका अनुसार उहाँको अवस्था अहिले सामान्य रहेको छ।

यसैगरी, बिहान करिब ८ बजे धनपालथान गाउँपालिका–२, पैटा बस्ने ३० वर्षीया भाल्सादेवी ऋषिदेवलाई आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ लागेको प्रहरीले जनाएको छ। गम्भीर घाइते उहाँलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीका अनुसार ऋषिदेवको अवस्था चिन्ताजनक रहेको छ। लगातार बदलिँदो मौसमसँगै चट्याङका घटनाहरू बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।