झापा र सुनसरीबाट लागू औषध सहित ६ जना पक्राउ

विराटनगर, बैशाख १४ गते । झापा र सुनसरीबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैशाख १३ गते झापाको भद्रपुर नगरपालिका-५ को दुई छुट्टा छुट्टै स्थानबाट बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले ७ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखानमा संलग्न सोही स्थानकी बिबिसा चापागाई, भद्रपुर-९ का दिपक उप्रेती, ताप्लेजुङ फुङलिङ नगरपालिका-१ का प्रताप मादेन र फुङलिङ नगरपालिका-५ का अनुप लामगदेलाई पक्राउ गरेको हो ।

त्यस्तै सुनसरीको इनरूवा नगरपालिका-४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले मोरङको पथरी शनिश्चरे गाउँपालिका-६ का राजा भन्ने सुमन यादव र सरोज परियारलाई ट्रामाडोल ६०६ क्यापसुल, नाईट्राजेपाम २० क्यापसुल सहित नियन्त्रणमा लिएको हो ।

लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖