गोलबजारमा ट्रकले किचेर वृद्धको मृत्यु, अव्यवस्थित सडक बजारले बढायो जोखिम

मुकेशकुमार यादव /सिरहा, १५ बैशाख । सिरहाको गोलबजारमा ट्रकले किच्दा एक वृद्धको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. १ क ९२२८ नम्बरको बालुवा बोकेको ट्रकले किच्दा अपरिचित वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान भएको उक्त दुर्घटनाको मुख्य कारण सडकमै अव्यवस्थित रूपमा लाग्ने हाटबजार रहेको स्थानियहरुको आरोप छ। 

भीडभाड रहेको सडक पेटीमा हिँडिरहेका वृद्धलाई ट्रकले सामान्य रूपमा छोए पछि उनी लड्न पुगेका थिए। एक प्रत्यक्षदर्शीका अनुसार, ‘उहाँ पेटीमा हिँडिरहनु भएको थियो, ट्रकले ठक्कर दिएपछि भित्रपट्टि लड्नु भयो र पछाडिको चक्काले किच्यो।’

मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। शवलाई पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

स्थानीयका अनुसार, गोलबजारमा प्रत्येक शनिबार र मंगलबार सडकमै लाग्ने अव्यवस्थित हाटबजारका कारण यस्ता दुर्घटना पटक–पटक हुँदै आएका छन्। स्थानीय धनेश्वर यादबले भने, ‘स्थानीय सरकार, प्रहरी प्रशासन र ट्राफिक व्यवस्थापनको कमजोरीका कारण यस्तो घटना दोहोरिएको हो। थोक तथा खुद्रा व्यापारीहरूले सडक कब्जा गर्दा जोखिम बढेको छ।’

नगरपालिकाले बजार व्यवस्थापनका लागि लाखौं रुपैयाँ खर्च गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो छ। व्यवसायी, किसान र सरोकारवालाबीच समन्वय अभावका कारण बजार अझै व्यवस्थित हुन सकेको छैन।

हाल गोलबजार क्षेत्रमा थोक तरकारी व्यवसायीहरूले सडकमै ट्रक तेर्साएर सामान बेच्ने गरेका छन्, जसले सडक आवागमनमा थप अवरोध सिर्जना गर्दै दुर्घटनाको जोखिम बढाइरहेको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।