सुनसरीको धरानबाट अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न १० जना पक्राउ

सुनसरी, वैशाख १५ गते । सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख १४ गते राती बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुह र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१३ स्थित रहेको क्याफेमा अनलाईन जुवा (1Xbet) खेल्ने र खेलाउने कार्यमा संलग्न धरान- १३ का ४६ बर्षीय हेमन राई, २७ बर्षीय योगेश लिम्बु, २९ बर्षीय मिलन लिम्बु, ३१ बर्षीय शुसान्त घिमिरे, ४२ बर्षीय कुमार तामाङ, ४० बर्षीय विवेक थापा, धरान- १ का ३३ बर्षीय सुजित साह धरान-१६ का ४१ बर्षीय अशोक लिम्बु, धरान- १५ का ३५ बर्षीय भवानी दाहाल र धरान- १७ का ३१ बर्षीय प्रज्वल राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीको १५ थान मोवाईल बरामद गरेको छ ।

पक्राउ परेका उनिहरुको सट्टेवाजी गर्न नहुने कसुरमा आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।