झापा, सुनसरी र पाँचथरबाट लागू औषध ब्राउन सुगर सहित ११ जना पक्राउ

विराटनगर, वैशाख १६ गते । झापा, सुनसरी र पाँचथरबाट लागू औषध ब्राउन सुगर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख १५ गते झापाको अर्जुनधारा नगरपालिका-११ स्थितमा लागू औषध कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT, लागू औषध नियन्त्रण व्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले २९ ग्राम २९० मिलिग्राम ब्राउन सुगर र मे.१० प ९२९३ नम्बरको मोटरसाईकल सहित बेचबिखानमा संलग्न सोही स्थानका मन्दिप राई, उमेश तामाङ, अर्जुनधारा-४ का सनम खड्का, अर्जुनधारा-५ का ध्रुव कुमार दनुवार र बिर्तामोड-३ का विश्च राजवंशीलाई पक्राउ गरेको हो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका-१ बाट ८ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर सहित उदयपुर बेलका-३ का प्रताप राई, त्रियुगा नगरपालिका-१२ का मोहमद इस्माइल र मोरङ कटहरी-४ का बिबेक कुमार मण्डललाई पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाले धरान-११ बाट सोहि स्थानका सन्देश लिम्बुलाई १ ग्राम ४५० मिलिग्राम सहित पक्राउ गरेको हो ।

यसका साथै जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका-१ बाट ८६० मिलिग्राम ब्राउन सुगर सहित फिदिम-८ का अशोक गुरूङ र राजु तामाङलाई पक्राउ गरेको हो ।

लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।