यिनै हुन् स्कुटर दुर्घटना हुंदा मृत्यु भएका दुई किशोरी
बुटवल । पाल्पाको नुवाकोट घुमेर फर्किँदै गरेका साथीहरू सवार स्कुटर मंगलबार साँझ बुटवलको बेलबास भ्यू टावर नजिकै अ’नियन्त्रित भई दु’र्घटना हुँदा दुई जना किशोरीले ज्यान गुमाएका छन्।
लु ३४ प ५७६६ नम्बरको स्कुटर दु’र्घटनामा परेर १९ वर्षीया निशा कुँवर र १८ वर्षीया पूर्णिमा मगरको नि’धन भएको हो भने स्कुटर चालक सोमन श्रेष्ठ गम्भीर घा’इते भएका छन्।
रमाइलो यात्रा सकेर घर फर्कने क्रममा भएको यो हृ’दयविदारक घटनाले परिवार र आफन्तलाई ग’हिरो शो’कमा डुबाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।


