क्रोएसियामा बेपत्ता झापाका भुवनको शव जङ्गलमा फेला
झापा । वैदेशिक रोजगारीका लागि १६ महिनाअघि क्रोएसिया पुगेका झापा शिवसताक्षी–१ का ३२ वर्षीय भुवन खड्काको करुण अन्त्य भएको छ।
गत फेब्रुअरी ३ देखि आफू बस्ने होस्टेलबाट अचानक स’म्पर्कविहीन भएका भुवनको खो’जीमा दूतावासदेखि गैरआवासीय नेपाली संघसम्म लागे पनि तीन महिनासम्म कुनै पत्तो लागेको थिएन। तर, अन्ततः स्थानीय जङ्गलमा उनको श’व फेला परेको खबरले परिवार र गाउँ नै शो कमा डु बेको छ।
सुन्दर सपना बुनेर परदेशिएको छोरा बा’कसमा फर्किनुपर्ने यो तितो यथार्थले हजारौँ नेपाली श्रमिकको सुरक्षामाथि प्रश्न खडा गरिदिएको छ।
भुवनको अ सामयिक नि धनले एउटा परिवारको भरोसा मात्रै ढ लेको छैन, सिंगो समुदायलाई स्तब्ध बनाउँदै परदेशको संघर्ष र जोखिमलाई पुनः उदाङ्गो पारेको छ।


