अध्यादेशका बारेमा राष्ट्रपतिले गरे कानुनबिद्दसँग परामर्श
काठमाडौ, १8 बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशका बारेमा राष्ट्रपति भवन शीतल निवासमा संविधानविद् तथा कानुनविदहरूसँग परामर्श गरेका छन्।
बिहीबार भएको परामर्शमा कानुनविद्हरू बद्रिबहादुर कार्की, महादेव यादव, पूर्णमान शाक्य, भिमार्जुन आचार्य र टिकाराम भट्टराई सहभागि रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
बालेन्द्र शाह सरकारले राष्ट्रपति कार्यालयमा पठाएका ६ अध्यादेश मध्ये सहकारी सबन्धी अध्यादेश मात्रै हिजो प्रमाणीकरण गरेका छन्, बाँकी ५ अध्यादेशलाइ थमौतीमा राखेर उनले कानुनबिद्दसँग छलफल गरेका हुन् ।


