झापा, सुनसरी र इलामबाट लागू औषध सहित ५ जना पक्राउ

विराटनगर, वैशाख १८ गते । झापा, सुनसरी र इलामबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख १७ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाको टोलीले १० ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित बुद्धशान्ति गाउँपालिका- ४ का प्रदिप दाहाल र अर्जुनधारा नगरपालिका- १ का सुकराज उरावलाई पक्राउ गरेको छ ।

इलामको प्रहरी चौकी किटेनीले इलाम नगरपालिका- ७ का समिर गोले र माइजोगमाई गाउँपालिका- ५ का मनोज खत्रीलाई २ ग्राम १८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका- २ का सजिब राईलाई ट्रामाडोल ९० क्यापसुल सहित उनकै घरबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।