हुण्डी नियन्त्रणमा एसएसबीको कडाई:नेपाली सहित दुई जना पक्राउ

सञ्जय मिश्रा/रौतहट, १८  वैशाख । भारतीय सीमा सुरक्षा बल एसएसबीले हुण्डी कारोबार नियन्त्रणमा बिशेष सक्रियता देखाएको छ।

बाराको ककोरवा नाका हुँदै नेपालबाट ठूलो परिमाणमा रकम लिएर जाँदैगरेका एक नेपालीसहित दुईजनालाई झडौखर स्थित चेक प्वाइन्टमा एसएसबीले नियन्त्रणमा लिएको हो।

 

बिहीवार साँझ उक्त नाकाहुँदै भारततर्फ जाँदै गरेका भारतीय नागरिक नरेश कुमार गुप्ता र नेपाली नागरिक जैलाल साह तेलीलाई नियमित जाँचका क्रममा  एसएसबीले उनीहरूको ब्याग  जाँच गरिएको थियो। एसाएसबी मुख्यालय पिपराकोठी का सहायक कमान्डेन्ट बिश्वजित तिवारीका अनुसार जाँचका क्रममा भारत बिहार पूर्विचम्पारण सिकारगन्जका नरेश कुमार गुप्ताको साथबाट नेपाली रुपैयाँ ९ लाख ६३ हजार ६५० र भारतीय रुपैयाँ ७१ हजार ४१० बरामद भएको थियो।

 

त्यसैगरी नेपाली नागरिक बारा कलैया उपमहानगरपालिका गालोपटी बजनिका जैलाल साह तेलीको साथबाट नेपाली रुपैयाँ १ लाख १० हजार फेला परेको छ।

 

घटनाबारे जानकारी प्राप्त भएपछि एसएसबि ७१ औँ बटालियन अठमोहन कम्पनी इन्चार्ज तथा जितना प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको थियो। एसएसबि प्रवक्ता बिनित कुमार सिंहका अनुसार बरामद नगदसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि जितना प्रहरीलाई जिम्मा लगाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।