इटहरीमा सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु

इटहरी । इटहरी उपमहानगरपालिका–१७ पकलीस्थित भित्री सडक खण्डमा शुक्राबार सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार प्रदेश नं. १-०२-००२ स ६६९५ नम्बरको पानी बोकेको सिटी सफारी पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउमा रहेको फलामको बिजुलीको पोलमा ठोक्किएको थियो।

दुर्घटनामा चालक इटहरी–१८ बस्ने अन्दाजी २५ वर्षीय विकल चौधरीको मृत्यु भएको हो।

चौधरी र सोही सवारीमा सवार २६ वर्षीय उमेश श्रेष्ठ घाइते भएका थिए।

दुवै जनालाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पठाइएकोमा चालक चौधरीको उपचारकै क्रममा राति करिब ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको र उपचार भइरहेको छ।

दुर्घटनाको कारण तीव्र गति रहेको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाग्रस्त सिटी सफारी इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।