झापा, मोरङ र उदयपुरबाट लागू औषध सहित ५ जना पक्राउ

विराटनगर, वैशाख १९ गते । झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ ।

झापाको अर्जुनधारा नगरपालिका-५ स्थितबाट लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले मे १ ह २४४३ नम्बरको अटो चालक मोरङ पथरीशनिश्चरे नगरापालिका-५ का सागर दर्जीलाई २ ग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय बुधबारेले बुद्धशान्ति नगरपालिका-१ का हरी प्रसाद ढकाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकले सुन्दरहरैचा नगरपालिका-९ स्थितबाट सोहि स्थानका बिकल राईलाई ७० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने उदयपुरको प्रहरी चौकी लालपत्ताले त्रियुगा नगरपालिका-१० का आशिष सुर्खेती र त्रियुगा नगरपालिका-३ का सन्देश राउतलाई ४१ एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।