मोरङको सिंघिया खोलामा एक पुरुषको शव फेला
मोरङ । मोरङको कटहरी गाउँपालिका–१ स्थित सिंघिया खोलामा शनिबार बिहान एक पुरुषको शव फेला परेको छ ।
अन्दाजी ५०-५२ वर्ष देखिने पुरुष खोलाको पानीमा डुबेर मृत अवस्थामा फेला परेका हुन् ।
मृतकको पहिचान अझै खुल्न सकेको छैन । प्रहरीका अनुसार मृतक तराई मूलको जस्तो देखिने मानिस हुन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।


