लागुऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान २०८३ सुरु

सञ्जय मिश्रा/जनकपुर, १९ बैशाख। मधेश प्रदेश प्रहरीले लागुऔषध सेवन तथा कारोबार नियन्त्रणलाई लक्षित गर्दै “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३” सुरु गरेको छ। प्रदेश प्रहरी प्रमुख डिआईजी गोबिन्द थपलियाले शुक्रवार प्रदेशका आठवटै जिल्लाका प्रहरी प्रमुख (एसपी)  र मातहतका युनिटहरूलाई ब्रिफिङ गर्दै अभियान औपचारिक रूपमा अगाडि बढाएका हुन्।

 

 

डिआईजी  थपलियाका अनुसार अभियान अन्तर्गत प्रमुख सिमानाकाहरूमा “ड्रग्स टेस्टिङ चेकपोइन्ट” स्थापना गरिनेछ। त्यहाँ आधुनिक ड्रग टेस्ट किट प्रयोग गरेर आवतजावत गर्ने व्यक्तिहरूको परीक्षण गरिनेछ। विशेष गरी नियमित रूपमा सीमा पार गर्ने युवा–युवतीहरूको तथ्यांक संकलन गरी निगरानी बढाइने योजना रहेको छ।

 

यससँगै, लागुऔषध सेवनकर्तालाई सिमानाकामै एक घण्टासम्म सचेतनामूलक अडियो–भिजुअल प्रशिक्षण दिइनेछ। उनीहरूको विस्तृत अभिलेख तयार पार्दै जीपीएस लोकेशन ट्र्याकिङसमेत गरिने प्रहरीले जनाएको छ।

 

अभियानले केवल नियन्त्रण मात्रै होइन, सुधार र पुनःस्थापनालाई पनि प्राथमिकता दिएको छ। स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य गर्दै खेलकुद, मनोरञ्जन, सीपमूलक तालिम र रोजगारमुखी कार्यक्रममार्फत युवालाई सकारात्मक दिशातर्फ लैजाने लक्ष्य राखिएको छ।

 

यस्तै, लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न औषधि पसल, गोदाम तथा मुख्य कारोबारीलाई कडा निगरानीमा राखी पहिचान गरिने र कानूनी कारबाही तीव्र बनाइने प्रहरीको भनाइ छ।

 

प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न सरकारी–गैरसरकारी संघसंस्थासँग सहकार्य गर्दै अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ। अभियानले मधेश प्रदेशमा बढदो लागूऔषध दुवर्यसन न्यूनीकरण हुने डिआईजी थपलियाको बिश्वास रहेको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।