तरकारीको झोलामा ब्राउन सुगर भेटिएपछि…
सुनसरी । सुनसरीकाे काेशी गाउँपालिका ८ चारकुने सीमा इलाकाबाट लागुओेैषध ब्राउन सुगर (१.४६ग्राम) सहित सप्तरी हनुमाननगर कंकालीनीका २७ वर्षिय श्यामकुमार रजक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका रजक नेपाल प्रहरी सहितकाे संयुक्त चेकजाँचका क्रममा लागुओैषध सहित पक्राउ परेका हुन ।
भारतीय बजारबाट तरकारी हालेर बाेकी ल्याएकाे झाेलामा ब्राउन सुगर लुकाइ ल्याएकाे पाइएपछि सुरक्षाकर्मी टाेलीले उनलाई पक्राउ गरेकाे हाे ।


