ट्याक्टरले किच्दा २ जनाको मृत्यु, १ गम्भीर
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास–७ स्थित एक इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार भारतको बहराइचका २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको उपचारका क्रममा धनगढीका अस्पतालमा मृत्यु भएको हो। ११ वर्षीया घुर्रा कुमार गम्भीर घाइते भई उपचाररत छन्।
काँचो इँटामा पानी हाल्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिएको बताइएको छ।
दुर्घटनापछि चालक फरार छन् र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


