नेपाल–भारत सीमामा मदिरा तस्करीमाथि कडाइः एक नेपालीसहित चार जना पक्राउ

सञ्जय मिश्रा/रौतहट, २१ वैशाख । नेपाल–भारत सीमाक्षेत्रमा मदिरा तस्करी रोक्न भारतीय सुरक्षाकर्मीले सक्रियता बढाउँदै दुई फरक कारबाहीमार्फत चार जनालाई नियन्त्रणमा लिएका छन्। बारा जिल्लासँग जोडिएको सीमावर्ती क्षेत्रमा आइतबार सञ्चालन गरिएको संयुक्त अपरेसनमा उनीहरू पक्राउ परेका हुन्।

 

भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को ७१औँ बटालियन, मोतिहारीले बिहार प्रहरीसँग समन्वय गर्दै सूचनाको आधारमा दुई स्थानमा विशेष खोजी अभियान चलाएको थियो। एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीका अनुसार पहिलो कारबाही दिउँसो करिब १२ः४५ बजे ‘डी’ कम्पनी ९बीओपी मुर्तिया टोला० र आदापुर प्रहरीको संयुक्त टोलीले इस्लामपुर नजिक गरेको थियो। सो क्रममा सीमा स्तम्भ नम्बर ३८२ र २१ बाट करिब ५०० मिटर भारततर्फको क्षेत्रमा ४१ बोतल ‘कस्तुरी’ मदिरा र ५ लिटर कच्ची मदिरा बरामद गरिएको छ। घटनामा भारतीय नागरिक २४ वर्षीय साफीक आलम, ३० वर्षीय सरोज माझी र ६० वर्षीय पाचु माझी पक्राउ परेका छन्।

 

त्यसैगरी दोस्रो कारबाही साँझ ४स्१० बजे ‘ए’ कम्पनी, अठमोहान र झरौखर प्रहरी चौकीको संयुक्त टोलीले सञ्चालन गरेको थियो। उक्त अपरेसनमा विभिन्न परिमाणका ‘ब्ल्याक ओक’, ‘एम्बिसन’ र ‘कस्तुरी’ ब्रान्डका मदिरा बरामद गरिएको प्रवक्ता बिनित कुमार सिंहले जानकारी दिएका छन्।

 

यस घटनामा बाराको स्वर्ण गाउँपालिका–जमुनिया टोल निवासी ३३ वर्षीय सन्जय ९सनोज० प्रसाद यादवलाई बीआर २२एस ७२२९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको छ। बरामद सामग्री अथमोहन गाउँ नजिक, सीमा स्तम्भ नम्बर ३५८ र ०५ बाट करिब ४०० मिटर भारततर्फ फेला परेको जनाइएको छ।

 

प्रारम्भिक अनुसन्धानले दुवै घटनामा नेपालबाट भारततर्फ मदिरा तस्करी भइरहेको पुष्टि गरेको छ। पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीलाई थप अनुसन्धानका लागि आदापुर तथा झरौखर प्रहरी कार्यालयमा बुझाइएको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।