४ फरार प्रतिवादी पक्राउः १५ वर्षदेखि लुकेका अभियुक्त समेत नियन्त्रणमा

सञ्जय मिश्रा/रौतहट, २३ बैशाख । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका चार जनालाई पक्राउ गरेको छ।

आइतबार खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान, सवारी ज्यान, बैंकिङ कसुर तथा लागू औषध ९गाँजा० सम्बन्धी मुद्दाका प्रतिवादीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरीका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार कर्तव्य ज्यान मुद्दामा करिब १५ वर्षदेखि फरार रहेका देवाही गोनाही नगरपालिका–३ का ३९ वर्षीय राम विनय चौधरी पक्राउ परेका छन्। उनीमाथि २०६६ फागुन २६ गते एक व्यक्तिलाई कुटपिट गरी घाइते बनाएको र उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न रहेको आरोप छ।

यस्तै, सवारी ज्यान मुद्दामा बौधीमाई नगरपालिका–६ का ३६ वर्षीय राम पुकार राय यादव पक्राउ परेका छन्। उनले चलाएको मोटरसाइकलको ठक्करबाट २०८१ पुस २ गते मौलापुर नगरपालिका–५ मा ६५ वर्षीय बनारसी राउत कुर्मीको मृत्यु भएको थियो।

बैंकिङ कसुर मुद्दामा माधवनारायण नगरपालिका–६ का ४१ वर्षीय जितेन्द्र कुमार जयसवाल पक्राउ परेका छन्। उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। उनलाई आवश्यक कारबाहीका लागि सर्लाही पठाइएको प्रहरीले जनाएको छ।

यस्तै, लागू औषध ९गाँजा० मुद्दामा ६ महिना कैद सजाय सुनाइएका देवाही गोनाही नगरपालिका–९ का ६५ वर्षीय सिकेन्द्र राय यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका कर्तव्य ज्यान र सवारी ज्यान मुद्दाका अभियुक्तमाथि अनुसन्धान भइरहेको छ भने अन्यलाई सम्बन्धित निकायमा पठाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।