संबैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायधिसवारे निर्णय हुने
काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाह ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेको तेस्रो दिनमा प्रधानमन्त्री शाहले संबैधानिक परिषदको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बिहीबार साँझ ५ बजे बस्ने गरी सो बैठक आह्वान भएको हो ।
मुख्यतयाः सर्वोच्च अदालतको प्रधानन्यायाधीशलगायत संवैधानिक पदहरू हाल रिक्त अवस्थामा रहेका छन्। संवैधानिक परिषद् बैठक नबस्दा प्रधानन्यायाधीशको जिम्मेवारी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सम्हाल्दै आएकी छन् ।
परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको नियुक्ति सिफारिस रहेको सचिवालयले जनाएको छ ।


