भरतपुरमा फोहोर मैला व्यवस्थापन नीति निर्माणलाई पहिलो प्राथमिकता

भरतपुर, २३ भदौं । भरतपुर महानगरपालिकाका कार्यबाहक नगरप्रमुख मित्रसेन अधिकारीले फोहोरमैला व्यवस्थापन तथा न्यूनीकरणका लागि नीतिनिर्माणलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन्।

 

बुधबार  युरोपियन युनियनको सहयोगमा क्रीएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजना अन्तर्गत फोहोरमैला व्यवस्थापन नीतिनिर्माणका लागि आयोजित प्रारम्भिक कार्यशालामा बोल्दै अधिकारीले महानगरपालिकाको टोली यस विषयमा गम्भीरतापूर्वक लागिपरेको बताए। उनले दीर्घकालीन रूपमा प्रभावकारी फोहोरमैला व्यवस्थापनका लागि स्पष्ट नीति आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा क्रीएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले भरतपुर महानगरका लागि आवश्यक कानुन निर्माणमा सहयोग पुर्‍याउनु परियोजनाको महत्वपूर्ण उद्देश्य रहेको बताइन्। उनका अनुसार स्थानीय तहमा दिगो फोहोरमैला व्यवस्थापन प्रणाली विकास गर्न नीतिगत आधार बलियो बनाउनुपर्ने आवश्यकता रहेको छ।

कार्यशालामा वातावरण अभियन्ता, सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार, नागरिक समाज, व्यवसायी तथा फोहोरमैला संकलनकर्ताहरूले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी, व्यावहारिक र दिगो बनाउने विषयमा आफ्ना धारणा राखेका थिए।

 

भरतपुर महानगरपालिकाको फोहोरमैला व्यवस्थापन महाशाखाका प्रमुख इन्जिनियर बिराट घिमिरेले क्रीएसन नेपालसँगको सहकार्यले महानगरका लागि उपयुक्त र प्रभावकारी नीति निर्माणमा महत्वपूर्ण कडी साबित हुने विश्वास व्यक्त गरे।

 

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र देव भारतीको पनि उपस्थिति रहेको थियो।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।