इलाममा भेटियो बेवारिसे मानव कंकाल

इलाम । इलामको सन्दकपुर पर्यटकीय क्षेत्रमा मानव कंकाल फेला परेको छ ।

सन्दकपुर गाउँपालिका–२ माइमझुवास्थित छिन्तापुदेखि केही तल तालपोखरी जंगलमा बुधबार गाईगोरू चराउन जानेहरूले सो शव देखेका थिए ।

उनीहरूले गरेको खबरका आधारमा बिहीबार सो स्थानमा प्रहरीसहितको टोली पुगेको थियो ।घटनास्थलमा पुगेका यातायात व्यवसायी पप्पु शिवाले शवको टाउको र खुट्टामा मात्र मासुको भाग बाँकी रहेको अवस्था रहेको बताए । उनले भने, ‘टाउको र खुट्टामा मात्र मासु बाँकी छ, बाँकी सब हाडखोर मात्र छ ।’

फेला परेको शवको सन्दर्भमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी लक्ष्मी भण्डारीले बताए ।
शवको शरिरबाट नाम थर उल्लेख भएको एनएमबी बैंकको चेकबुक पनि फेला परेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।