उदयपुरमा अटो दुर्घटना, ५ जना घाइते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ कुसुण्डास्थित भित्री कच्ची सडकखण्डमा बिहीबार राति अटो दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।

जलजलेबाट बलुवाटारतर्फ जाँदै गरेको प्र २–०१–००१ ह ०५९७ नम्बरको अटो राति करिब ११ बजे आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अटो चालक त्रियुगा नगरपालिका–६ जलजलेका १८ वर्षीय प्रकाश गडेरी घाइते भएका छन् । दाहिने खुट्टामा सामान्य चोट लागेका उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।
अटोमा सवार त्रियुगा नगरपालिका–५ बलुवाटारका ७३ वर्षीय भेलु सदा, ६० वर्षीय भुट्टाई सदा, ७३ वर्षीय रामकी सदा र ५७ वर्षीय श्यामबहादुर सदा पनि घाइते भएका छन् । उनीहरूको टाउको, हात, घुँडा, ढाड र कुममा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामान्य अवस्थाका सबै घाइतेको देउरी अस्पताल उदयपुरमा उपचार भइरहेको छ । अटोलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।