झापामा गोमन सर्पले टोकेर सात वर्षीय बालक गम्भीर घाइते

झापा । झापामा गोमन सर्पले टोकेर सात वर्षीय बालक गम्भीर घाइते भएका छन् ।

कमल गाउँपालिका–५ गुजेश्वरी टोलका कर्णबहादुर राईका ७ वर्षीय छोरा सायंक राईलाई शुक्रबार बिहान घरभित्र खेलिरहेका बेला गोमन सर्पले दाहिने खुट्टामा टोकेको प्रहरीले जनाएको छ ।

सर्पदंशपछि बालकको अवस्था अचानक बिग्रिएपछि परिवारले तत्काल सर्पदंश उपचार केन्द्र दमक पुर्‍याएका थिए । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई बीएन्डसी अस्पतालमा भर्ना गरिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार बालकको अवस्था गम्भीर रहेको छ । उनी बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ ।

गर्मी र वर्षायाम सुरु भएसँगै झापासहित तराईका जिल्लामा सर्पदंशका घटना बढ्न थालेका छन् । स्वास्थ्यकर्मीहरूले घर वरपर सफा राख्न, बालबालिकालाई सावधानी अपनाउन तथा सर्पले टोकेपछि ढिला नगरी उपचार केन्द्रमा पुर्‍याउन आग्रह गरेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।