प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको छ, यसमा कुनै किन्तु–परन्तुको आवश्यकता छैन:उपसभामुख ठाकुर

काठमाडौ । उपसभामुख रुवि कुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिस प्रक्रिया कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको बताउँदै सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभिव्यक्तिले चर्चा बटुलेको छ।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले न्याय प्रणालीप्रति जनतामा लामो समयदेखि गुनासो रहेको उल्लेख गरेकी छन्। उनका अनुसार मुद्दा टुंगिन ढिलाइ हुनु न्याय प्रणालीका लागि गम्भीर चुनौती हो।

उपसभामुख ठाकुरले नियुक्ति प्रक्रिया योग्यता र कार्यक्षमताका आधारमा नभई राजनीतिक दल वा प्रभावका आधारमा हुँदा नकारात्मक परिणाम देखिने टिप्पणीसमेत गरेकी छन्।

उनले लेखेकी छन्, “प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको छ, यसमा कुनै किन्तु–परन्तुको आवश्यकता छैन।”

साथै, राज्यका सबै अंगले देश, जनता र संविधानको हितलाई सर्वोपरि राखेर काम गर्नुपर्ने भन्दै उनले निष्पक्ष, सक्षम र जिम्मेवार न्याय प्रणाली नै लोकतन्त्रको आधार भएको उल्लेख गरेकी छन्।

उनले आफ्नो पोस्ट नेपाली र मैथिली दुवै भाषामा सार्वजनिक गरेकी हुन्। विशेष कुरा के भने, उक्त पोस्टसँगै उनले ‘च्याट जीपीटी’को स्क्रिनसट समेत राखेकी छन्, जसले सामाजिक सञ्जालमा थप चर्चा र बहस जन्माएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।