झापा र मोरङबाट लागू औषध ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर, बैशाख २७ । झापा र मोरङ जिल्लाको विभीन्न स्थानबाट लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ ।

झापाको भद्रपुर नगरपालिका-८ स्थीतबाट जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ९६० मिलिग्राम ब्राउन सुगर सहित भद्रपुर नगरपालिका-१० का पवन खड्का र भद्रपुर नगरपालिका-८ का रुमिलुङ राईलाई पक्राउ गरेको छ ।

त्यस्तै झापाको इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-३ का मेघराज दियालीलाई १ ग्राम ३२० मिलिग्राम र कुर्वान अन्सारीलाई १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी मोरङको प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका-६ स्थितबाट सोही स्थानकी सुस्मिता लिम्बुलाई १ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖