झापामा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

झापा । झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन्।

आइतबार बिहान करिब १० बजे स्थानीय तेजबहादुर खवासको घरमा जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि उनीहरूको स्वास्थ्यमा समस्या देखिएको हो।

बिरामी हुनेहरूमा ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित आठ जना बालबालिका रहेका छन्। उनीहरूलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो।

अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नौ जनालाई दमकस्थित बाल अस्पताल रिफर गरिएको छ। चिकित्सकका अनुसार दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।