चोरी गरिएको मोटरसाइकल चलाएर ठक्कर दिएर फरार युवक ७२ घण्टामै पक्राउ

सञ्जय मिश्रा/रौतहट, २८ बैशाख । वीरगन्जबाट चोरी गरिएको मोटरसाइकल चलाएर रौतहटको मौलापुरमा पैदलयात्रीलाई ठक्कर दिई फरार भएका युवकलाई रौतहट प्रहरीले ७२ घण्टाभित्रै पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–३ निवासी २३ वर्षीय जाविर अन्सारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार विशेष अनुसन्धान र प्रविधिको प्रयोगबाट फरार अभियुक्तलाई नियन्त्रणमा लिन सफलता मिलेको हो ।

गत २२ गते बिहान करिब ११ः४० बजे मौलापुर बजारको आईटी चौक क्षेत्रमा हरनहियाबाट मौलापुरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०२७ प ७५७५ नम्बरको मोटरसाइकलले स्थानीय २० वर्षीया सुनिता कुमारीलाई ठक्कर दिएको थियो। दुर्घटनामा उनी गम्भीर घाइते भएकी थिइन्।

घटनापछि चालक मोटरसाइकल घटनास्थलमै छोडेर फरार भएका थिए। प्रहरीले मोटरसाइकलको विवरण खोजतलास गर्दा उक्त सवारी वीरगन्ज महानगरपालिका–नगवा निवासी ३१ वर्षीय रमेश कुमार पटेलको रहेको खुलेको थियो।

अनुसन्धानका क्रममा सो मोटरसाइकल सोही दिन बिहान करिब ५ बजे नगवा चौकबाट चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी नगवामा निवेदन परेको समेत फेला परेको प्रहरीले जनाएको छ।

त्यसपछि रौतहट प्रहरीले सम्भावित भाग्ने नाका, बाटो र स्थानहरूको निगरानी बढाउँदै प्रविधि तथा हुलियाको विश्लेषणका आधारमा खोजी अभियान सञ्चालन गरेको थियो। सोही क्रममा घटनाको तीन दिनपछि अर्थात् २५ गते बंकुल नहर चौकबाट जाविर अन्सारीलाई पक्राउ गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ।

हाल अभियुक्त जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको र उनीविरुद्ध सवारी ज्यान तथा चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी बस्यालद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।