इलामको एक होटलमा सरसफाइ गर्ने क्रममा करेन्ट लागेर एक युवक घाइते
इलाम । इलामको रोङ गाउँपालिका–३ मा करेन्ट लागेर एक युवक घाइते भएका छन्।
स्थानीय होटलमा सरसफाइ गर्ने क्रममा करेन्ट लाग्दा सोही स्थानका अन्दाजी २०/२१ वर्षीय रोहन माझी घाइते भएका हुन्।
प्रहरीका अनुसार फलामको भर्याङ उठाउने क्रममा नाङ्गो बिजुलीको तारमा छोइएपछि उनलाई करेन्ट लागेको हो। करेन्ट लागेर घाइते भएका माझीलाई प्रहरीले उद्धार गरी उपचारका लागि झापा पठाएको जनाएको छ।
उनको दाहिने हात र खुट्टाको तिघ्रामा पोलेको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।


