खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्धारा तेस्रो त्रैमासिक विवरण सार्वजनिक

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ ।कार्यालयले तेस्रो त्रैमासिक अवधि सम्ममा खाद्य तथा दाना परीक्षण, अनुगमन, अनुमतिपत्र सिफारिस तथा जनचेतनामूलक कार्यक्रमहरूमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको कार्यालय प्रमुख पुष्प लाल राईले जानकारी दिनुभयो । कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म वित्तीय प्रगति ४६ दशमलव ६ प्रतिशत तथा भौतिक प्रगति ५९ दशमलव २१ प्रतिशत पुगेको छ ।

कार्यालयका अनुसार चालु खर्चतर्फ रु. १ करोड ७४ लाख ७३ हजार खर्च भएको छ भने पूँजीगत खर्चतर्फ रु. १ लाख खर्च गरिएको छ। राजस्व संकलनमा समेत उत्साहजनक सुधार देखिएको छ। हालसम्म रु. ३२ लाख ७५ हजार राजस्व संकलन भएकोमा तेस्रो त्रैमासिक अवधिमा मात्रै रु. १२ लाख ३९ हजार राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ।

पूँजीगत खर्च अन्तर्गत इलेक्ट्रिक स्कुटर खरिद, सीसीटीभी क्यामेरा जडान तथा प्रयोगशालाका लागि आवश्यक फर्निचर खरिद सम्पन्न भएको छ। केही निर्माण तथा उपकरण आपूर्ति सम्बन्धी कार्य भने सम्झौता प्रक्रियामा रहेका छन्। चालु खर्च अन्तर्गत प्रयोगशालाका उपकरणहरूको वार्षिक मर्मत, वाटर ट्रिटमेन्ट प्लान्ट सेवा करार तथा सरसफाइ व्यवस्थापनका कार्य सम्पन्न भएका छन्।

कार्यालयले खाद्य स्वच्छता, गुणस्तर तथा पोषणसम्बन्धी विद्यालयस्तरीय सचेतना कार्यक्रम सञ्चालन गर्दै विभिन्न होटल, रेष्टुरेन्ट तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरेको जनाएको छ । खाद्य तथा दाना सम्बन्धी नयाँ ऐन, नियम र मापदण्ड, औद्योगिक ट्रान्सफ्याट नियमन, नसर्ने रोग न्यूनीकरण तथा एएमआर सम्बन्धी कार्यक्रमहरूमा अधिकांश लक्ष्य पूरा भएको बताइएको छ ।

प्रयोगशालामा वार्षिक ४ हजार खाद्य नमुना परीक्षण गर्ने लक्ष्य रहेकामा हालसम्म २ हजार ७२४ नमुना परीक्षण सम्पन्न भएको छ। दाना नमुना विश्लेषणतर्फ १०० मध्ये ६७ नमुनाको परीक्षण गरिएको कार्यालयले जनाएको छ।

खाद्य अनुमतिपत्र सिफारिस, जारी तथा नवीकरणतर्फ ५०० को लक्ष्यमा २४१ कार्य सम्पन्न भएका छन् भने दाना अनुमतिपत्रतर्फ १० मध्ये ९ कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष ०८१÷८२ सम्म कुनै बेरुजु नरहेको उल्लेख गर्दै कार्यालयले वित्तीय अनुशासन कायम राख्न सफल भएको दाबी गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।