झापाको अर्जुनधारामा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते
झापा । झापाको अर्जुनधारा नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्।
मंगलबार राति करिब ९ बजे मिलनचोक क्षेत्रमा सडकमा हिँडिरहेका स्थानीय २४ वर्षीय दिनेश पराजुलीमाथि अचानक जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।
हात्तीको आक्रमणबाट पराजुलीको अनुहार, टाउको तथा पेटमा चोट लागेको छ। उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको थियो।
अस्पतालका अनुसार उनको अवस्था सामान्य रहेको तथा बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ।


