इटहरीमा बसले ट्याक्टरलाई ठक्कर दिँदा युवकको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा यात्रुवाहक बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका–१७ स्थित विवेक पेट्रोल पम्प नजिक मंगलबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ। बिहान करिब ३ः४५ बजे पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६६४९ नम्बरको नाइट बसले सोही दिशातर्फ गइरहेको प्रदेश २–०१–००१ त १४६७ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा ट्याक्टरमा सवार सप्तरीको कञ्चनरुप नगरपालिका–५ का १८ वर्षीय उत्तम सरदार गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सान्वी सिटी अस्पताल, लविपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।

घटनापछि प्रहरीले बस चालक झापाको बिर्तामोड नगरपालिका–१ निवासी ३५ वर्षीय सन्दीप नेपाली तथा ट्याक्टर चालक सप्तरीको कञ्चनरुप–५ का ३० वर्षीय कैलाश यादवलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बसले ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ठक्करपछि ट्याक्टर सडकको बीच भागमा पल्टिँदा केही समय राजमार्ग एकतर्फी सञ्चालन गरिएको थियो। हाल भने सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।