नेपालबाट चरेश तस्करी, भारतमा मुन्ना पक्राउ

सञ्जय मिश्रा/रौतहट, २९ बैशाख । नेपालबाट तस्करीमार्फत भारत पुर्‍याइएको लागूऔषध चरेशसहित एक युवक पक्राउ परेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ७१ औँ बटालियन र बिहार प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा छापामारी गर्दै पौने ३ किलो चरेश बरामद गरेको हो।

एसएसबीका अनुसार भारतको बिहार राज्य अन्तर्गत मोतीहारी जिल्लाको जितना थाना क्षेत्रस्थित अगरवा गाउँमा मंगलबार बिहान छापामारी गरिएको थियो। छापामारीका क्रममा गजेन्द्र राय यादवको घरभित्र बोरामा लुकाइराखिएको करिब पौने ३ किलो चरेश फेला परेको एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारी ले जानकारी दिएका छन्।

लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा घरधनीका २६ वर्षीय छोरा मुन्ना कुमार यादवलाई पक्राउ गरिएको छ। पक्राउ परेका मुन्नालाई बरामद चरेशसहित आवश्यक कारबाहीका लागि जितना थानामा बुझाइएको एसएसबी प्रवक्ता विनित कुमार सिंह ले बताएका छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद चरेश बारा जिल्लाको सीमावर्ती नाका हुँदै नेपालबाट भारत तस्करी गरिएको आरोपितले स्वीकार गरेको एसएसबी ७१ औँ बटालियन पिपराकोठीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।