इलाममा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
इलाम,वैशाख २९ गते । जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलामले जिल्लाका कलेज, विद्यालय तथा ग्रामीण क्षेत्रका स्थानीयहरूलाई लक्षित गरी विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
सोही अभियानलाई निरन्तरता दिँदै आज इलाम नगरपालिका–५ स्थित अमर माध्यमिक विद्यालय, बरबोटेमा साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी निरीक्षक दिवश रिमालले विद्यार्थीहरूलाई साइबर अपराधका प्रकार, यसको जोखिम तथा बच्ने उपायहरूबारे प्रशिक्षण दिनुभएको थियो ।


