उदयपुरको बेलकामा सिटि सफारी दुर्घटना
उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ सुपाडेमा सिटि सफारी दुर्घटना भएको छ।
हडियाबाट रामपुरतर्फ आउँदै गरेको सिटि सफारी आज दुर्घटनामा परेको हो।
दुर्घटनामा परेको सफारीमा ७ जना सवार रहेको बताइएको छ। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
घाइतेहरूको उद्धार तथा उपचारको काम भइरहेको स्थानीय स्रोतले जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।


