झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जना पक्राउ

विराटनगर, वैशाख ३० गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख २९ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक- ५ का मित्र सुन्दासलाई ७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय दमकले दमक- ७ बाट पथरी शनिश्चरे- १ का दिपन लिम्बुलाइ ट्रामाडोल ३०० क्याप्सुल र डिक्लोमाईन ३०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका- १८ बाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (PIT)को प्रहरी टोलीले सोहि स्थानका सितल चौधरी र निजकै छोरा शुसान्त चौधरीलाई ३ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी रमाइलो मोरङले कानेपोखरी गाउँपालिका- ६ का बिष्णु शेर्पालाई १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖