रौतहटको कटहरियावाट एकैपटक तीन बालक बेपत्ता, परिवार चिन्तित

सञ्जय मिश्रा/रौतहट, ३० बैशाख । रौतहटको कटहरिया बजारबाट कक्षा ५ मा अध्ययनरत तीनजना बालक एकैसाथ सम्पर्कविहीन भएपछि परिवार, स्थानीयवासी र प्रहरी प्रशासन चिन्तित बनेका छन्।

 

कटहरिया नगरपालिका–५ निवासी सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकील अन्सारी, सुरेन्द्र साह सोनार उर्फ “किरायसिन” का १४ वर्षीय छोरा कुन्दन साह सोनार तथा भरत दास सरभंगका १२ वर्षीय छोरा पवन कुमार दास सरभंग गत सोमबारदेखि हराइरहेका हुन्।

तीनै जना स्थानीय निजी विद्यालयमा कक्षा ५ मा अध्ययनरत रहेका र सोमबार दिउँसो विद्यालयबाट घर फर्किएपछि केही समयमै “बाहिर खेल्न जान्छौं” भन्दै निस्किएका थिए। त्यसपछि उनीहरू घर नफर्किएको अभिभावकहरूले बताएका छन्।

बालकहरू साँझसम्म सम्पर्कमा नआएपछि परिवारले आफन्त, साथीभाइ तथा सम्भावित स्थानहरूमा खोजी थालेका थिए। तर कुनै सुराक नलागेपछि सोही रात उनीहरूको फोटोसहित ईलाका प्रहरी कार्यालय कटहरियामा निवेदन दर्ता गरिएको थियो।

अभिभावकका अनुसार हराइरहेका मध्ये सकील अन्सारीसँग केही नगद रकम रहेको र उनीहरू भारतको राजधानी दिल्ली जाने योजना बनाइरहेका थिए भन्ने अपुष्ट जानकारी साथीहरूबाट प्राप्त भएको छ। यद्यपि यसबारे आधिकारिक पुष्टि हुन सकेको छैन।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगरले बालकहरूको तस्वीर र हुलियासहितको विवरण सम्बन्धित निकायहरूमा पठाइसकिएको जानकारी दिएका छन्। प्रहरीका अनुसार नेपालभर खोजी कार्य जारी रहेको छ भने भारतीय प्रहरीको समन्वयका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमार्फत पत्राचार प्रक्रिया अघि बढाउन अभिभावकलाई सुझाव दिइएको छ।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक चरणमै भएकाले यो अपहरण हो वा बालकहरू आफैं कतै गएका हुन् भन्ने निष्कर्षमा पुग्न नसकिएको प्रहरीको भनाइ छ।

यदि कसैले यी बालकहरूलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल नम्बर १०० वा मोबाइल नम्बर ९८५५०४२०९५ मा तत्काल जानकारी दिन परिवार तथा प्रहरीले आग्रह गरेका छन्।

कटहरिया बजार क्षेत्रबाट एकैपटक तीनजना विद्यार्थी हराएको घटना यसअघि नदेखिएको भन्दै स्थानीयवासीसमेत चिन्तित बनेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।