प्रधानमन्त्री नै उपस्थित नहुने हो भने यस्तो बैठकको अर्थ छैन भन्ने आशय व्यक्त गर्दै हर्क साम्पांगले गरे बैठक बहिष्कार

काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभामा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने माग गर्दै उनीहरू बैठक छाडेर बाहिरिएका हुन् ।

संसद् सचिवालयले प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची सार्वजनिक गरेको भए पनि अन्तिम समयमा उक्त जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले दिने तयारी भएपछि विपक्षी सांसदहरूले आपत्ति जनाएका थिए ।

त्यसपछि विपक्षी दलका सांसदहरूले संसद्मा नाराबाजी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिप्रति विरोध जनाएका छन् । उनीहरूले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको आरोप लगाउँदै राजीनामासमेत माग गरेका छन् ।

यसैबीच, हर्क साम्पाङले “प्रधानमन्त्री नै उपस्थित नहुने हो भने यस्तो बैठकको अर्थ छैन” भन्ने आशय व्यक्त गर्दै बैठक बहिष्कार गरेका हुन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।