मुन्धुमि स्थल मुक्कुमलुङको संरक्षणको माग गर्दै विभिन्न आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौँ । पाथीभरा क्षेत्रमा निर्माण प्रस्तावित केबलकार परियोजना खारेज गर्न तथा मुन्धुमिस्थल मुक्कुमलुङको संरक्षणको माग गर्दै विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ।
बुधबार मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले माइतीघर मण्डलामा पत्रकार सम्मेलन आयोजना गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।
समितिले पाथीभरा क्षेत्रमा निर्माण हुन लागेको केबलकार परियोजनाले धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदामा असर पर्ने दाबी गर्दै परियोजना तत्काल खारेज गर्न माग गरेको छ। साथै, मुक्कुमलुङ क्षेत्रको मौलिक पहिचान र सांस्कृतिक महत्व जोगाउन आन्दोलनलाई थप सशक्त बनाइने जनाएको छ।


