विराटनगरमा नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश कार्यालयद्वारा आयोजित रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरमा आयोजित उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा कुल १७८ जनाले विभिन्न सेवा लिएका थिए । जसअन्तर्गत ६५ जनाले रक्तदान गरेका छन् भने १०९ जनाले आँखा परीक्षण सेवा तथा ४३ जनाले दन्त परीक्षण सेवा लिएको प्राधिकरणले जानकारी दिएको छ ।

कार्यक्रममा सहभागीहरूलाई निःशुल्क आँखा तथा दन्त परीक्षण सेवा उपलब्ध गराइएको थियो । स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश, हिमाल आँखा अस्पताल तथा शान्ति फर्मेसी तथा दन्त क्लिनिक, विराटनगरले सहकार्य गरेका थिए ।

नेपाल बीमा प्राधिकरणले वार्षिकोत्सवको अवसरमा सामाजिक सेवामूलक कार्यक्रममार्फत समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रयासलाई निरन्तरता दिँदै आएको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रिती देवले जानकारी दिनुभयो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।